एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी:सभामुख हटाए एमसीसी पास गर्न सघाउने ओलीको प्रस्ताव

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2022
Sherbahadur deuba kp oli

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनी दिनुभएको छ ।

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा गठबन्धनभित्रै कांग्रेस अल्पमतमा परेपछी प्रधानमन्त्री देउवाले एमसीसी पास गराउन गठबन्धनका नेताहरुलाई गठबन्धन टुट्ने आसयको चेतावनी दिएको बताइएको छ । एमसीसी सम्झौताबारे अध्ययन गर्न सत्ता गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलमा रहेका झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि यथास्थितिमा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएपछी एमसीसी अध्ययन कार्यदलले पनि साझा धारणा बनाएर प्रतिवेदन बुझाउन असफल भएको छ ।

गठबन्धनमा पनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तत्काल एमसीसी अघि बढाउन नहुने पक्षमा छन् भने, जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन्।

यता एमाले अध्यक्ष ओलीले भने एमसीसी पास गराउन आफुले सहयोग गर्ने भन्दै शर्तहरु अघी सारेको बताइएको छ ।

एमसीसी संसदमा लैजान सहयोग नगरेका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेर राजीनामा दिएपछी एमाले अध्यक्ष ओलीले आफू निकट सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाएर संसद बाट एमसीसी पास गर्न चाहेको भएपनी प्रचण्डको जोडबलमा सभामुख बनेका अग्नि सापकोटाले एमसीसी पास गर्न अवरोध गर्ने ओलीको बुझाई रहेको छ । सभामुखले माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त नगरि दल विभाजनमा सहयोग गरेको भन्दै एमालेले सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै लगातार संसद पनि अवरोध गर्दै आएको छ । त्यसैले सभामुखको राजीनामा र गठबन्धन तोड्ने शर्तमा एमालेले एमसीसी पास गराउन सहयोग गर्ने बताएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५