कोरोना संक्रमितको संख्या बढेपछि म्याग्दीको भाइरल तोरीबारी घुम्न जान रोक

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
KhemrajGautam Galkot RSS 16 tictok

tf]/L;Fu} l6s6s agfpFb} ko{6s unsf]6, !^ df3 M DofUbL lhNnfsf] a]gL gu/kflnsf–! /Tg]rf}/sf] kmfF6df /x]sf] tf]/L;Fu} l6s6s agfpFb} cfGtl/s ko{6s . clxn] pQm :yfg efO/n tf]/Laf/Lsf ?kdf k|rlnt ePsf] 5 . t:jL/M v]d/fh uf}td÷/f;;


म्याग्दीको भाइरल तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका(१ रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो।

कोरोनाभाइरसका संक्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी(१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो ।

वडाध्यक्ष रावलका अनुसार शनिबार तोरीबारीमा एकदमै भीड बढेपछि आइतबार जिल्ला प्रहरी कार्यालय बेनीबाट तोरीबारीमा प्रहरी टोली परिचालन गरिएको हो।

उहाँले आइतबारदेखि तोरीबारीमा प्रवेश गर्न कडाइ गरिएको र प्रहरीले घुम्न गएकालाई फर्काइरहेको बताउनुभयो ।

पहेँलो तोरीबारीको बीचमा कालोपत्र गरिएको सडकको मनमोहक दृश्य देखिन्छ। यही दृश्य हेर्न मानिसहरू आउने गरेका छन्। तोरीबारीको फोटो, भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका कारण मानिसहरूको भीड बढेको वडाअध्यक्ष रावलले बताउनुभयो ।

फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा रत्नेचौरमा रहेको तोरीबारीको फोटो, भिडियो भाइरल भइरहेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५