ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बितेको छ।
गत आइतबार ललितपुर महानगरपालिका(२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। तर एक हप्ता बित्दा पनि मूर्ति भेटाउन सकेको छैन।
मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
ष्लखयतभअज
वडा नम्बर २७का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरेको बताउनुभयो ।
यस्तै सुराकी दिने व्यक्तिको गोपनियता पनि कायम गर्ने उहाँले बताउनुभयो । यसमा अनुसन्धान गर्न हाल महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ।
यद्यपि अहिले केही पत्ता लागि नसकेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्