स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगरि निर्वाचन गर्ने प्रधानमन्त्री देउवाको प्रस्ताव

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
Sher Bahadur Deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राख्नु भएको छ ।

निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न दवाव दिएको र निर्वाचन सार्न खोजेको भनी चौतर्फी आलोचना भएपछी प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र चाँडै नै स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव राख्नु भएको हुनसक्ने बताइएको छ ।

सत्तारुढ दलले संविधानसँग बाँझिएको भन्दै स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने र स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गराउने व्यवस्था गर्ने सहमति गरेको भनिएपनी आजको बैठक विना निष्कर्ष टुँगिएको थियो । कानुन व्यवसायीहरुसँग परामर्श गरेर अपरान्ह ४ बजे बस्ने गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाको प्रस्ताव बारे छलफल हुने बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५