खाडलमा परेर गैंडा मरेपछि सरकारद्धारा छानबिन समिति गठन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2022
rhino death story 1643011316

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ ।

मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन गरिएको हो ।वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ ।

कार्यदललाई १० दिनको समयावधि दिएर घटनाको छानबिन गरी यथार्थ विवरणसहितको प्रतिवेदन पेस गर्न जिम्मेवारी दिइएको हो ।
कार्यदलका सदस्यहरुमा वन तथा वातावरण मन्त्रालयका उपसचिव (कानुन) रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र शर्मा र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन् ।

माघ ९ गते वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परेर गैंडाको मृत्यु भएको थियो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५