आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
फाईल तस्विर

फाईल तस्विर

स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न आज सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुबिचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बोलाइएको राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन आयोगले सरकारलाई दबाब दिइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न बैठक बोलाउनुभएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दलका शिर्ष नेताहरुबिच हिजो भएको भेटघाटमा पनि स्थानीय तहको निर्वाचनकै बिषयमा छलफल भएको तर कुनै निष्कर्षमा नपुगी छलफल टुँगिएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५