आज देशका धेरै ठाउँको मौसम सफा रहने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
mausam badali

काठमाडौंको तापक्रम झण्डै १ डिग्रीले घटेको छ। हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको शनिबार बिहानको तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो वर्ष काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ सम्म झरेको थियो। शनिबार दिउँसो र राति मौसम सफा हुने देखिएकाले न्यूनतम तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो
उहाँले अनुसार राति बादल लाग्दा जमिन चिसो हुन पाउँदैन र बिहानको तापक्रम बढ्छ। तर राति आकाश खुल्दा जमिन चिसो भएर बिहानको तापक्रम घट्छ।

यसैबीच अहिले तराईमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन्। वर्षा र हिमपात गराउने प्रणाली नभएकाले आज दिउँसो देशका धेरै ठाउँको मौसम सफा हुने मौसमविद् पौडेलको भनाइ छ।

पहाडी भेगमा भने आशिंक बदली हुने सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५