नतिजा प्रकाशन समयमै गर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2022
devendra paudel

शिक्षान्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमै निकाल्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिनुभएको छ । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिनुभएको हो ।

सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गर्नुभयो ।

विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवम् विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनपर्नेमा जोड दिए । सोही क्रममा परीक्षा नियन्त्रक जोशीले प्रर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताउनुभयो ।

उनले पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उहाँले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गर्नुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५