आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिनुभएको हो । कोरोना संक्रमणको जोखिम यथावत रहेकाले बैठक स्थगित गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सो निर्णय गरिएको र आगामी बैठक माघ २६ गते दिनको १:०० बजे बस्ने पनि उल्लेख गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्