बागमती प्रदेशसभा संसदीय समितिमा एमाले तर्फबाट मात्रै उम्मेदवारी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
Province Assembly Bagmati Province

बागमती प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा उहाँहरू दुवै जना एमालेका तर्फबाट उम्मेदवार हुनुभएको हो । दुवै जना काठमाडौँबाटै निर्वाचित हुनुहुन्छ ।

सचिवालयका अनुसार दुवै समितिको भोलि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट भने उम्मेदवारी दर्ता भएको छैन । वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिने जनाइएको छ ।

अर्थ तथा विकास समितिमा २० र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना मतदाता रहेका छन् । यी दुवै समितिमा एमालेका १२–१२ जना सदस्य रहेका छन् । अर्थ तथा विकास समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेका कारण उहाँहरू निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएसँगै उक्त पद रिक्त थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।

प्रदेशसभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्याह्न १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको प्रदेशसभाका सह प्रवक्ता उमेशराज सोतीले जानकारी दिनुभयो । रासस

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५