नेप्सेमा ५ अंकको गिरावट, २६ करोडभन्दा बढीको सेयर कारोबार

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2022
nepse red

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ अंकको गिरावट आएको छ । २८ सय २० अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २८ सय १४ अंकमा आइपुगेको हो । यसक्रममा आज ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार सुरु भएको ३० मिनेटको समयमा बजार घटेर २७ सय ८४ अंकमा आइपुगेको थियो । तर, परिसूचक सुधारिँदै २८ सय ५६ अंकसम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्दै कारोबार बन्द हुने समयमा ५ अंक घटेको हो ।

आज नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेर ११ सय ६ रुपैयाँ पुगेको हो । यस्तै, आज एसियन लाइन इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको सेयर २६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

यसैगरी, अपि पावर कम्पनीको २२ करोडको सेयर किनबेच हुँदा एनबआईसी एसियाको १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Share :
gold 1

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ - नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ। आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बढेर सोमबार तोलाको २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार थप बढेर तोलाको २[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५