नेप्सेमा ५ अंकको गिरावट, २६ करोडभन्दा बढीको सेयर कारोबार

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2022
nepse red

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५ अंकको गिरावट आएको छ । २८ सय २० अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २८ सय १४ अंकमा आइपुगेको हो । यसक्रममा आज ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार सुरु भएको ३० मिनेटको समयमा बजार घटेर २७ सय ८४ अंकमा आइपुगेको थियो । तर, परिसूचक सुधारिँदै २८ सय ५६ अंकसम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्दै कारोबार बन्द हुने समयमा ५ अंक घटेको हो ।

आज नेप्सेमा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेर ११ सय ६ रुपैयाँ पुगेको हो । यस्तै, आज एसियन लाइन इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको सेयर २६ करोडभन्दा बढीको सेयर किनबेच भएको छ ।

यसैगरी, अपि पावर कम्पनीको २२ करोडको सेयर किनबेच हुँदा एनबआईसी एसियाको १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Share :
pokhara

पोखरा भ्रमण वर्ष-२०२५

पोखरा- चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ । पोखरा भ्रमण वर्षको लागि पोखरा महानगरका मेयर धनराज आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ । महानगरले भ्रमण वर्षअवधिभर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५