प्रदेश १ मा गठबन्धन र एमालेका १-१ जना उम्मेदवार विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
SonamAndJayantiRai1 20220126113155

प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट जयन्ती राई ४३६२ मतसहित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई ३३० मतले पराजित गर्दै राईले गठबन्धनबाट महिलातर्फको उम्मेदवारमा विजय प्राप्त गर्नुभएको छ ।

राईले प्रदेशसभाका सांसदहरुको २४९६ र स्थानीय तहका प्रतिनिधिहरुको २१९६ मत प्राप्त गर्नुभएको छ । राईकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले भने प्रदेशसभाको १८२४ मत र स्थानीय तहका प्रतिनिधिहरुको २५३८ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै गरी प्रदेश १ मै भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा अल्पसंख्यकतर्फ एमाले उम्मेदवार सोनाम ग्यालजेन शेर्पाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन्। शेर्पाको मतभार ४७५२ र उनका प्रतिस्पर्धी पाँचदलीय गठबन्धनका उम्मेदवार जनता समाजवादीका हेमराज राईको मतभार ४३६८ रहेको छ ।

अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मत बराबर .

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५