भारतमा २४ घण्टाभित्र २ लाख ३४ हजार कोरोना संक्रमित

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
Covid 19 test Nepal

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

आइतबार बिहान भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २८१ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै, भारतभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ७८४ जना संक्रमित निको भएका छन् । हाल भारतमा १८ लाख ८४ हजार ९३७ जना सक्रिय संक्रमित छन् । यसबाहेक, दैनिक र साप्ताहिक संक्रमण दर क्रमशस् १४।५ र १६।४ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसैबीच, भारतका स्वास्थ्य मन्त्री मनसुख मन्डाभियाले ७५ प्रतिशत वयस्कले कोभिड खोपको पूर्ण डोज लगाएको बताएका छन् । पूर्ण खोप लगाउनेको संख्या ७५ प्रतिशत पुगेको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई बधाइ दिएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५