लामो समयको प्रयासपछी प्रदेश २ सरकारले प्रदेशको नाम टुंगो लगाएको छ ।
प्रदेश २ सरकारले प्रदेश २ को नाम मधेश कायम गरेको छ । मधेस प्रदेश,मध्य मधेश,जानकी र मिथिला भोजपुरा गरी चार वटा नामहरुबिच सहमती जुटाउन नसकेपछी मतदान प्रकृया मार्फत आज प्रदेश २ को नाम मधेश कायम गरिएको हो । उपस्थित ९९ जना सांसद मध्य ८० जनाले मधेस प्रदेशको लागि मतदान गरेका थिए । मतदानको नतिजा सार्वजनिक गर्दै सभामुख सरोजकुमार यादवले प्रदेश २ को नाम मधेश कायम भएको घोषणा गर्नु भएको थियो ।
आजै यसअघी भएको मतदान प्रकृया बाट जनकपुरलाई प्रदेश २ को राजधानी कायम गरिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्