साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी २ लाख धरौटी बुझाएर रिहा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 6, 2022
morang jilla adalat clickdharan

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी चुणामणि उप्रेती गोरेका भाइ रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।

सुन तस्करीमा संलग्न भएकाहरुलाई अदालतले निर्दोष करार गर्दै धरौटीमा छोड्न थालेपछी फरार अभियुक्तको सूचीमा रहेका उप्रेती मंगलबार यूएइबाट नेपाल आएका थिए । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपी उप्रेतीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरिले पक्राउ गरेपछी आज भएको थुनछेक बहसमा न्यायाधीश भरत लम्सालको इजलासले उनलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

यस प्रकरण अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएका ७७ जना आरोपी मध्य ५६ जनाले सफाई पाइसकेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५