मौसममा सुधार आउन अझै केही दिन लाग्छ : महाशाखा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 25, 2022
1554105207mausam

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
राजधानी काठमाडौँमा बिहान अबेर आकाश केही खुलेर घाम लागेको भए पनि अहिले आंशिक बदली रहेको छ ।

हाशाखाका मौसमविद्को भनाइमा मौसम हिजोका दिनमा भन्दा आज तुलनात्मक सुधार आएको छ । पूर्णरुपमा सुधार हुन अझै केही दिन लाग्नेछ । विगतको तुलनामा आज मध्याह्नपछि बदली हुनुका साथै थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाले अबका केही दिन बिहानीपख मौसम केही खुले पनि मध्याह्नपछि पुनः बदली र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

अहिले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशको पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने छ । भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५