माघ १६ देखि २५ गतेसम्म तुलसीपुर–सल्यान सडक दैनिक ७ घण्टा बन्द हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
release 1 lqjMfdNZmj

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर–सल्यान सडक पर्सि आइतवारदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको साँघुरो सडकलाई फराकिलो पार्ने काम गर्नुपर्ने भएपछि १० दिनसम्म दैनिक सात घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेश महर्जनले जानकारी दिनुभएको छ ।

पर्सि माघ १६ देखि २५ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म १० दिन आवागमन बन्द गरिने उहाँले जानकारी दिनुभयो । यस सडक स्तरोन्नतिकोे जिम्मा नान्जिला एण्ड आकांक्षा जेभीले लिएको छ ।

साथै अत्यावश्यक एकतर्फी सवारी साधनका लागि पैयाँखोर–कपुरकोट डाईभर्सन प्रयोग गर्न सकिने इन्जिनियर महर्जनले बताउनुभयो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५