भरतपुर महानगरपालिका बन्यो जनसंख्यामा नेपालकै तेस्रो ठूलो शहर

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
bhartpur

जनसंख्याको हिसाबमा भरतपुर महानगरपालिका नेपालकै तेस्रो ठूलो महानगरपालिका बनेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालका धेरै जनसंख्या भएका पाँच महानगरपालिकाहरुमा तेस्रो बनेको हो ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नगरपालिकाहरुमध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकाहरुमा क्रमशः काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिका छन् ।

सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरुमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालीगुराँस नगरपालिका र जिरी नगरपालिका पर्छन् ।

सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकाको जनसंख्या आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०हजार १८७ जनसंख्या रहेको छ । २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने एक लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५