गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2022
gautam buddha international airport blueprint

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ।

विमानस्थल स्रोतका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको र २०७९ जेठ २ गते बुद्धजयन्तीका दिन अन्तर्राष्ट्रिय उडानको तयारी गर्नेगरि काम भइरहेको बताईएको छ।

विमानस्थल सञ्चालनका लागि १०० दिने योजनासहित ‘मिसन भैरहवा’ अभियान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले माघ १२ बाट सुरु भएको अभियानअन्तर्गत फागुन १० गतेसम्म क्यालिब्रेसन उडान गरिने जानकारी दिनुभयो ।उहाँले बुद्ध जयन्तीको शुभ दिन पारेर उडान सुरु गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

क्यालिब्रेसन उडान योजनाले विमानस्थलमा जडान भएका सञ्चार उपकरणहरूको परीक्षण गर्ने, क्यालिब्रेसन उडान सुरु गर्ने, उडेको विमानको दूरी जाँच गर्ने, उडेको विमानले प्रयोग गरेको रुट जाँच गर्ने र उडान भर्ने क्रममा धावनमार्गमा जडान गरिएको प्रकाशको जाँच गर्ने काम गर्नेछ । त्यसैगरी, एयरलाइन्स, भन्सार, प्रहरी, अध्यागमन लगायतलाई विमानस्थलमा सञ्चालनको लक्ष्य मितिको जानकारी गराई ग्राउन्ड ह्यान्डलिङ, फुड क्याटरिङ, कार्गो एजेन्सी आदिलाई आवश्यक तयारीका लागि निर्देशन दिई जनशक्ति परिचालन गरिने बताइएको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५