गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2022
gautam buddha international airport blueprint

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ।

विमानस्थल स्रोतका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको र २०७९ जेठ २ गते बुद्धजयन्तीका दिन अन्तर्राष्ट्रिय उडानको तयारी गर्नेगरि काम भइरहेको बताईएको छ।

विमानस्थल सञ्चालनका लागि १०० दिने योजनासहित ‘मिसन भैरहवा’ अभियान शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले माघ १२ बाट सुरु भएको अभियानअन्तर्गत फागुन १० गतेसम्म क्यालिब्रेसन उडान गरिने जानकारी दिनुभयो ।उहाँले बुद्ध जयन्तीको शुभ दिन पारेर उडान सुरु गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

क्यालिब्रेसन उडान योजनाले विमानस्थलमा जडान भएका सञ्चार उपकरणहरूको परीक्षण गर्ने, क्यालिब्रेसन उडान सुरु गर्ने, उडेको विमानको दूरी जाँच गर्ने, उडेको विमानले प्रयोग गरेको रुट जाँच गर्ने र उडान भर्ने क्रममा धावनमार्गमा जडान गरिएको प्रकाशको जाँच गर्ने काम गर्नेछ । त्यसैगरी, एयरलाइन्स, भन्सार, प्रहरी, अध्यागमन लगायतलाई विमानस्थलमा सञ्चालनको लक्ष्य मितिको जानकारी गराई ग्राउन्ड ह्यान्डलिङ, फुड क्याटरिङ, कार्गो एजेन्सी आदिलाई आवश्यक तयारीका लागि निर्देशन दिई जनशक्ति परिचालन गरिने बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५