उत्तर कोरियाले गर्यो २०१७ पछिकै सवैभन्दा ठूलो क्षेप्यास्त्र प्रहार

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
Uttar Korea KCNA

उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र प्रहार गरेको छ । स्थानीय समयअनुसार आइतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सवैभन्दा ठूलो मानिएको छ ।

यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो । उत्तरले प्रक्षेपण गरेको मिसाइल पूर्वी तटमा पुगेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले आइतबारको परीक्षण मध्यम श्रेणीको व्यालिस्टिक मिसाईल ९आइआरबीएम० भएको जनाएको छ । सो मिसाईल २ हजार किलोमिटर उचाईमा पुगेको थियो । आठ सय किलोमिटरको दूरीमा ३० मिनेट उडेपछि मिसाईल जापानको समुद्रमा खसेको थियो ।

जापान, दक्षिण कोरिया र अमेरिकाले पछिल्लो परीक्षणको निन्दा गरिरहेका छन् । राष्ट्रसंघले उत्तर कोरियालाई व्यालिस्टिक र आणविक हतियार परीक्षण गर्न रोक लगाएको छ । तर, उत्तरले भने ती प्रतिबन्धको उल्लंघन गर्दै आएको छ ।

नेता किम जोङ उनले देशको रक्षा अवस्था सशक्त बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् । उत्तर कोरियाका बारम्बारका परीक्षणले राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको भन्दै राष्ट्रसंघले उत्तर कोरियालाई उत्तेजना रोक्न र वार्ता गर्न आह्वान गर्दै आएको छ ।

यसअघिका इतिहासलाई हेर्ने हो भने पनि उत्तर कोरियाले अन्य महिनाको तुलनामा जनवरीमा धेरै मिसाइल प्रहार गर्ने गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५