राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका काण्डहरुमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको टिप्पणी गर्नुभएको छ ।
राप्रपाले धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई जोगाउने खेल भइरहेको बताउनुभएको छ ।
नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले मुुलुकमा शासन गरेर देशलाई बर्बादीतिर धकेलेको बताउंदै वाइडवडी काण्ड देखी अन्य ठुला भ्रष्टचारमा पनि राजनीतिक दलहरुको नाइटो एक ठाउँ जोडिएको टिप्पणी गर्नुभएको छ । साथै,राप्रपाले हिन्दु राज्यसहितको राजतन्त्रको एजेण्डा बोकेको देखेर ठूला राजनीतिक दलको टाउको दुखेको पनि उहांले बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्