नेपाली सेनामा २२९ जना क्याडेट अधिकृतको माग ।

  • नेपाल राष्ट्रिय दैनिक
  • January 2, 2022
243494286 163521789293642 6774237410848793291 n

नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ।छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज एक सूचना जारी गर्दै २२९ जना अधिकृत क्याडेटको आवेदन खुल्ला गरेको छ ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन माग गर्दै,खुलातर्फ १२६ ,महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग गरिएको सैनिक निर्दशनालयले जानकारी गराएको छ । आवेदनको अन्तिम मिती २०७८ माघ १७ गते सम्म रहेको छ भने १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका इच्छुक व्यक्तीले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट पनि आवेदन दिन सक्नेछन् । स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएकाहरुको हकमा भने २४ बर्षे उमेर हद लागु हुनेछ ।पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलाक लागि ५ फिट हुनुपर्नेछ ।

015420493sena
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५