अमेरिकाले उत्तरका आणविक र मिसाइल कार्यक्रमबारे विनाशर्त प्रत्यक्ष वार्तामा सहभागी हुन प्योङयाङलाई आह्वान गरेको छ ।
उत्तर कोरियाले मध्यम दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट अमेरिकाले सो आह्वान गरेको हो ।
अमेरिकाले अमेरिकी राष्ट्रपति जोन बाइडेन नेतृत्वमा उत्तर कोरियासँग वार्ता गर्न चाहेको छ । तर, उत्तर कोरियाले यसलाई अस्वीकार गर्दै आएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेट गरेका थिए । तर, आफ्नो देशमाथि लाग्दै आएको प्रतिबन्ध हटाउने किमको चाहना वार्तामार्फत पुरा हुन सकेको थिएन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्