उदयपुरमा ट्याक्टर दुर्घटना, छोराको मृत्यु, दाजु र बुबा घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
accident logo 7sWbIbmUWw

उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ । खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका १ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५