उदयपुरमा ट्याक्टर दुर्घटना, छोराको मृत्यु, दाजु र बुबा घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
accident logo 7sWbIbmUWw

उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ । खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका १ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।

शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ । उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५