राष्ट्रिय सभा निर्वाचनको मतदान जारी:मतगणनाको नतिजा आजै सार्वजनिक हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
voting

रिक्त रहेको राष्ट्रिय सभाको १९ पदको लागि आज सात वटै प्रदेशका बिभिन्न मतादन केन्द्रहरुमा मतदान प्रकृया सुरु भैसकेको छ ।

आज भैरहेको राष्ट्रिय सभा निर्वाचनको लागि विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ वटा केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान प्रकृया जारी रहनेछ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुमा १-१ वटा मतदान स्थल रहनेछन। प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ । कुल १९ पदको लागि ९ वटा राजनीतिक दल बाट ४३ जना उम्मेद्वारहरु रहेका छन् ।

निर्वाचन आयोगले मतदानको अन्तिम नतिजा पनि आजै सार्वजनिक हुने बताएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५