चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३००१००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका-१२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो ।
दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।चितवन को सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् ।
उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कन्टेनरले ठक्कर दिँदा दुईवटा विद्युतका खम्बाहरु पनि ढलेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्