रारा गोल्डकपको उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
football 20181022054334


२० औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज र मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्दै छन् ।एपीएफलले उद्घाटन खेलमा आयोजक सहारालाई २–० तथा पहिलो क्वार्टरफाइनलमा वीवाइएससी मिनिसोटा युएसएलाई ३–१ र सेमिफाइनलमा मछिन्द्रलाई ३–१ ले हराउँदै उपाधिका लागि १४ वर्षपछि फाइनलमा मनाङ संगको भेट पक्क गरेको हो ।त्यस्तै मनाङले भने नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै तथा बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै १२ औं पल्ट फाइनलमा प्रवेश गरेको हो ।

६ पटक उपाधि जितिसकेको मनाङ ७ औं पटक उपाधि आफ्नो पोल्टामा पार्ने योजनामा छ भने एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने दाउमा रहेको छ ।

दुवै टिमका क्यापटेनले आफूहरु उपाधिको दाबेदार रहेको बताएका छन् । मनाङका क्याप्टेन विमल रानाले आफ्नो कप्तानीमा आहा रारा गोल्डकपको उपाधि जित्न आफू आतुर रहेको बताए । उनले एपीएफले राम्रो पदर्शन गरेको बताउँदै उपाधि चुम्नेगरी खेल्ने आफूहरुको रणनीति रहेको उल्लेख गरे ।

एपीएफका क्याप्टेन नवीन लामा पनि १४ वर्षपछि फाइनलमा पुग्नुलाई महत्वपूर्ण उपलब्धि ठान्दै उपाधि जित्ने गरी खेल प्रदर्शन गर्ने आफुहरुको योजना रहेको बताउँछन् ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५