कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछी उपत्यकाका ३ वटै जिल्लाले भोली शुक्रबार राती १२ बजे देखी लागुहुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले स्मार्ट लकडाउनको कार्यविधि अनुसार भोलि राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरिने पनि बताएको छ । साथै बैठकले आमसभा , जुलुस , कुनै पनि किसिमको भेला वा भिडभाडा हुने हाटबजार, जात्रा, महोत्सव नगर्न नगराउन पनि आदेश जारी गरेको छ । सिनेमाहल, क्लब , दोहोरी लगायत भिडभाड हुने रात्रीकालिन ब्यवसाय बन्द गर्न र बिद्यालयहरुमा भौतिक रुपमा पठनपाठन नगराउन पनि निर्देशन जारी गरेको छ ।त्यसै गरी जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गर्न पनि आग्रह गरिएको छ ।




आफ्नो प्रतिक्रिया दिनुहोस्