मेयरको गाडीमा सिके राउतका कार्यकर्ताद्वारा तोडफोड

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
Mayor kar

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् ।

जनकपुरधाममा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

जनकपुरधामका विभिन्न ठाउँमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरुले मधेश विगत एक महिनादेखि आन्दोलित रहे पनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५