नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आज एक कार्यक्रमकाबिच, सभापति देउवाले गर्नुभएको केन्द्रिय सदस्य नियुक्तीको बिषयलाई लिएर असन्तुष्टी ब्यक्त गर्नुभएको छ ।
आफु निकटका नेताहरुको भेलामा नेता कोइरालले सभापतिको कृयाकलापप्रती असन्तुष्टी ब्यक्त गर्दै, सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्ने बताउनु भएको छ । पार्टीमा न्यायोचति अवसरको वितरण र व्यवस्थापन हुन जरुरी भएको भन्दै कोइरालाले कुन मापदण्ड अपनाएर सदस्यहरू नियुक्त गरेको भने प्रश्न समेत गर्नुभएको थियो । कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न सबै एकढिक्का भएर प्रयत्न गर्नुपर्ने बताउनु भएको छ ।

EN

आफ्नो प्रतिक्रिया दिनुहोस्