नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
nepal crowd

तथ्यांक विभागले आज सार्वजनिक गरेको २०७८को जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

२०६८ मा गरिएको जनगणनाको अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

२०६८ को तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेको विभागका तथ्यांकमा उल्लेक छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ भने विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको पनि विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।

त्यस्तै गरी हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८(६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८(५३.६६ प्रतिशत) रहेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५