नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
nepal crowd

तथ्यांक विभागले आज सार्वजनिक गरेको २०७८को जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

२०६८ मा गरिएको जनगणनाको अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो।

२०६८ को तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेको विभागका तथ्यांकमा उल्लेक छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ भने विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको पनि विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको छ।

त्यस्तै गरी हिमाली क्षेत्रको जनसंख्या १७ लाख ६८ हजार १०८(६.९ प्रतिशत), पहाडमा १ करोड १७ लाख ४८ हजार ४४८ (४०.२५ प्रतिशत) र तराईमा १ करोड ५६ लाख ६५ हजार ८२८(५३.६६ प्रतिशत) रहेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५