नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 6, 2022
LOK SEWA AAYOG

विगत २ बर्ष अगाडि दिएको परीक्षाको नतिजा प्रकाशन नगरेको भन्दै आज लोकसेवा आयोगको कार्यालय अगाडी परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् ।

लोकसेवा आयोगले २ बर्ष अगाडि लिएको शाखा अधिकृत तहको परीक्षाको नतिजा आजसम्म प्रकाशन गरेको छैन । दुई बर्ष देखी परीक्षाको नतिजा कुरेर बसेका परीक्षार्थीहरुले आज लोकसेवा आयोगको कार्यालयमा प्रदर्शन गरेका हुन् । यता लोकसेवा आयोगले भने सर्वोच्च अदालतको अन्तरिम आदेशको कारण नतिजा प्रकाशन नगरेको बताएको छ । प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी आदेश दिएको लोकसेवा आयोगले जानकारी दिएको छ ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५