देशभरिकै पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदा माथि राजनीति र आर्थिक प्रभावको आडमा गैर कानुनी रुपमा कब्जा जमाउंदै आएको बतास समुहको अर्को गैरकानुनी धन्दा पनि पर्दाफास भएको छ । बतास समूहको व्यास हिल्स प्रालिले तनहुँ मानहुँकोटको ४० रोपनी सार्वजनिक जग्गा ५० वर्षका लागि लिजमा लिने तयारी गरेको थाहाहुन आएको छ ।
बतास समुहको सो प्रस्ताव प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषदबाट निर्णय गर्ने गरी प्रक्रिया अगाडि बढेको र व्यास नगरपालिकाको बोर्ड बैठकले समेत स्वीकृति दिइसकेको छ । व्यास नगरपालिकासंग सम्झौताको ड्राफ्टसमेत तयार गरिसकेको बतासले प्रदेश र संघीय सरकारबाट प्रस्ताव सिफारिस गराउने जिम्मा पनि आँफैंले लिएको थियो ।
ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बतासकै प्रस्ताव आएपछी मात्र सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार ऐन निर्माण गर्न लगाएको र बतासकै योजनालाई बल पुग्ने गरी ऐन बनाएको पनि थाहाहुन आएको छ । बतासले राजनीति र आर्थिक प्रलोभनमा देशका यस्ता पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदा माथि कब्जा जमाउंदै आएको छ ।
काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको घरजग्गा र पोखराको गण्डकी संग्राहलय पनि बतासकै कब्जामा: लिन्क क्लिक गरेर पुरा पढ्नुहोस्https://nepalrastriyadainik.com/trending/809/
आफ्नो प्रतिक्रिया दिनुहोस्