राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानको भावना र मर्म बमोजिम यथाशिघ्र निर्वाचन प्रकृया अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच शितल निवासमा आज भएको नियमित भेटघाटको क्रममा राष्ट्रपति भण्डारीले समयमै निर्वाचन गरेर अघि बढ्न प्रधानमन्त्री देउवालाई आग्रह गर्नुभएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले सबै दलहरुसँग परामर्श गरेर समयमै स्थानीय निर्वाचन गर्ने प्रतिवद्दता ब्यक्त गर्नुभएको छ । आज भएको नियमित भेटघाटको क्रममा हिजो सम्पन्न राष्ट्रिय सभा निर्वाचन, संसदको गतिरोध अन्त्य गर्ने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्