भारतीय अवरोधका कारण अनिस्चित बन्दै सार्क शिखर सम्मेलन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 6, 2022
saarc

नयाँ दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यथास्थितिमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन आयोजना हुन नसक्ने बताएका छन् ।

भारत-पाकिस्तान टकरावले सार्क अस्तब्यस्त बनिरहेको लामो समयपछी केहीदिन अगाडि पाकिस्तानको ईस्लामाबादमा गरिएको पत्रकार सम्मेलनमा पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेसीले १९ औं सार्क शिखर सम्मेलन गर्न पाकिस्तान तयार रहेको बताएका थिए । कुरेसीले सार्क शिखर सम्मेलन आयोजना गर्न भारतले अवरोध गरिरहेको आरोप समेत लगाएका थिए। पाकिस्तानी विदेश मन्त्रीले, भौतिक रुपमा सम्मेलनमा सहभागी हुन नचाहे भर्चुअल माध्यमबाट भए पनि सहभागी हुन भारतलाई आग्रह गरेका थिए। यता भारतीय पक्षले भने सार्क शिखर सम्मेलन गरिहाल्ने विषयमा कुनैपनि नयाँ सहमति निर्माण नभएको जनाएको छ ।

भारतकै अवरोधको कारण प्रत्येक २ वर्षमा हुने सार्क शिखर सम्मेलन सन् २०१४ यता हुनसकिरहेको छैन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५