अफगान महिला, बालिकाहरूलाई मानवीय सहायता आवश्यक : राष्ट्रसङ्घ

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
United Nations

संयुक्त राष्ट्रको कार्यालयले ११ लाखभन्दा बढी अफगान महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार अफगानिस्तानमा महिला र बालिकाहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । ओसीएचएले अफगान बालिका तथा महिलाहरू आधारभूत अधिकारबाट वञ्चित रहेको बताएको छ। अफगानी महिला र बालिकाहरूको मौलिक अधिकारहरू आक्रमणमा परेको राष्ट्र सङ्घले जनाएको छ।

अफगान महिला र बालिकाहरूलाई पहिलेभन्दा बढी संयुक्त राष्ट्रको समर्थन र एकताको आवश्यकता भएकोसमेत जनाइएको छ । संयुक्त राष्ट्र सङ्घको कार्यालयका अनुसार मानवीय संस्थाहरूले महिला र बालिकाहरूलाई खाद्यान्न, स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जनका अवसरहरू र सुरक्षा सेवाहरू उपलब्ध गराएर सहयोग बढाउने लक्ष्य राख्नुपर्नेसमेत जनाइएको छ ।

ओसीएचएले अफगानिस्तानमा ११.८ मिलियन महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको छ। बुधबार राति काबुलमा महिला कार्यकर्ताहरूको भेला गर्दै प्रदर्शनको क्रममा मैनबत्ती बालेका थिए। महिलाहरूले उनीहरू रातभर जाग्राम बसे र स्वतन्त्रताको लागि मैनबत्ती बालेको जनाइएको छ ।

इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने संयुक्त राष्ट्र सङ्घको टिप्पणीलाई निराधार भन्दै प्रतिक्रिया दिएका छन् ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५