अफगान महिला, बालिकाहरूलाई मानवीय सहायता आवश्यक : राष्ट्रसङ्घ

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
United Nations

संयुक्त राष्ट्रको कार्यालयले ११ लाखभन्दा बढी अफगान महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला समन्वय कार्यालयले बिहीबार अफगानिस्तानमा महिला र बालिकाहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेको छ । ओसीएचएले अफगान बालिका तथा महिलाहरू आधारभूत अधिकारबाट वञ्चित रहेको बताएको छ। अफगानी महिला र बालिकाहरूको मौलिक अधिकारहरू आक्रमणमा परेको राष्ट्र सङ्घले जनाएको छ।

अफगान महिला र बालिकाहरूलाई पहिलेभन्दा बढी संयुक्त राष्ट्रको समर्थन र एकताको आवश्यकता भएकोसमेत जनाइएको छ । संयुक्त राष्ट्र सङ्घको कार्यालयका अनुसार मानवीय संस्थाहरूले महिला र बालिकाहरूलाई खाद्यान्न, स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जनका अवसरहरू र सुरक्षा सेवाहरू उपलब्ध गराएर सहयोग बढाउने लक्ष्य राख्नुपर्नेसमेत जनाइएको छ ।

ओसीएचएले अफगानिस्तानमा ११.८ मिलियन महिला र बालिकाहरूलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको बताएको छ। बुधबार राति काबुलमा महिला कार्यकर्ताहरूको भेला गर्दै प्रदर्शनको क्रममा मैनबत्ती बालेका थिए। महिलाहरूले उनीहरू रातभर जाग्राम बसे र स्वतन्त्रताको लागि मैनबत्ती बालेको जनाइएको छ ।

इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने संयुक्त राष्ट्र सङ्घको टिप्पणीलाई निराधार भन्दै प्रतिक्रिया दिएका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५