बुधवार ३०.७७ अंकले ओरालो लागेको सेयर बजार आज भने ४३.२९ अंकले उकालो लागेको छ । नेप्से परिसूचक २६९२.४७ बिन्दुमा पुगेर रोकिएको छ । त्यसैगरी सेन्सेटिभ इन्डेक्स पनि ९.१६ अंकले बढेको छ।
२३८ कम्पनिको ७३,३६,३३४ कित्ता सेयर कारोबार हुंदा ३,६७,६८,४६,३४९ रुपैयाँं रकम बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढेको भएपनी बुधवारको तुलनामा कारोबार रकममा भने घटेको छ । बुधवार ४,५२१,५९८,५८३ रुपैयाँं रकम बराबरको कारोबार भएको थियो । आज नेपाल फाइनान्स र तेराथुम पावर कम्पनीको सेयर सर्किट मुल्यमा कारोबार भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्