गौतमबुद्ध विमानस्थलमा फागुन ९ गतेसम्म परीक्षण उडान गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2022
Gautam BuddhaAirport

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका छन् ।

शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए । मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उनको भनाइ छ ।

परीक्षण उडानका लागि अहिले विमानसहित मौसम, सञ्चार र जडान गरिएका उपकरण एवं ग्राउन्ड चेकको काम भइरहेको छ । परीक्षण उडान सफल भएपछि आउँदो बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान गर्न मन्त्री आलेले निर्देशन दिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको आईसीबी–२ का व्यवस्थापक प्रविन न्यौपानेले बताए ।

विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५