गोला थुतेर कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत राष्ट्रियसभा सदस्य निर्वाचित

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
gopal dai

राष्ट्रियसभा सदस्यको निम्ती प्रदेश १ मा भएको निर्वाचनमा अन्यतर्फ कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत गोलाप्रथाबाट विजयी हुनुभएको छ ।

आज भएको निर्वाचनको मतगणना अनुसार कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत र एमालेका उम्मेदवार गुरुप्रसाद बरालको मतभार बराबर भएपछि निर्वाचन आयोगले गोलाप्रथाबाट अन्तिम नतिजा सार्वजनिक गरेको हो । दुवै जनाको मतभार ४४८८ आएको थियो र गोलाप्रथा गर्दा कांग्रेस उम्मेदवार गोपालकुमार बस्नेत विजयी भएको आयोगले बताएको छ ।
त्यस्तै गरी यसअघि सार्वजनिक नतिजा अनुसार प्रदेश १ बाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एमालेका सोनाम गेल्जेन शेर्पा विजयी हुनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५