प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको आज भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधी जित्न सफल भएको छ ।
टस हारेर पहिलो ब्याटिङमा उत्रिएको एपीएफ क्लबले, नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै, प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा १५८ रनको विजयी लक्ष्य पाएको पुलिस क्लब २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्