लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
bb UTnsKBJWir

लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) विजयी हुनुभएको हो ।

एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गर्नुभएको हो ।

आज विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको महिलातर्फको सिटमा पनि एकीकृत समाजवादीकी गरिमा कुमारी शाह विजयी हुनुभएको छ ।

शाह प्रदेश सभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित हुनुभएको हो ।शाहकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १ हजार १५२ मतभार प्राप्त गर्नुभएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५