भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि २०७५ साल माघ १६ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । शिलान्यास भएको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरी महानगरपालिकालाई रंगशाला हस्तान्तरण गर्ने भनी सम्झौता गरेको झण्डै ३ बर्ष बितिसक्दा पनि रंगशाला निर्माणको काम अलपत्र परेपछी रंगशालाको स्वामित्व ग्रहणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले पौष २ गते महानगरलाई पत्राचार गरिसकेको छ ।
फाउन्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण रहेको जानकारीसहित स्वामित्व ग्रहणका लागि महानगरलाई पत्र लेखेपछी, भरतपुर महानगरपालिकाले अब बांकी निर्माणको काम संघिय सरकारले अगाडि बढाउने जानकारी दिएको छ । महानगरले भवन निर्माण आयोजना कार्यालय भरतपुरलाई भौतिक निर्माणको प्रगति विवरण अध्ययनको लागि निर्देशन दीइसकेको र अहिलेसम्म भएको खर्च र ऋणको विवरण पनि पौष २५ गते सम्म तयार हुने र सोही अनुसार पौष २६ गते खेल्कुद मन्त्रालयमा जाने महानगरले जानकारी दिएको छ । ऋण तिर्ने र रंगशाला निर्माणको बाँकी काम संघीय खेलकुद मन्त्रालयले अगाडि बढाउने आश्वासन दिएको पनि महानगर श्रोतले बताएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्