विश्वभर कोरोना संक्रमण हुनेको सङ्ख्या ३७ करोडबढी पुग्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
1586437472

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड ४३ हजार नाघेको छ । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड ९९ लाख ९१ हजार नाघेको छ। जसमध्ये २९ करोड २२ लाख निको भएका छन्। २४ घण्टामा मात्रै २१ लाख ९२ हजार कोरोना मुक्त भएका छन्।

यसैगरी ९ हजार ६ सय सङ्क्रमितको २४ घण्टाभित्र मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ६६ हजार नाघेको छ।

अहिलेसम्म यूरोपमा मात्रै १२ करोड २२ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड १६ लाख निको भएका छन्। १६ लाखको भने मृत्यु भएको छ।

यस्तै १ करोड ९ लाखमा कोरोना पुष्टि भएको अफ्रिकामा ९७ लाख निको हुँदा २ लाख ३८ हजारले भने ज्यान गु्माएका छन्।

यसैगरी एसियामा ९ करोड ८४ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड ८ लाख सङ्क्रमण मुक्त भएका छन्। १२ लाखको भने मृत्यु भएको छ।

उत्तर अमेरिकामा ८ करोड ७९ लाखमा सङ्क्रमण पुष्टि हुँदा ५ करोड ६४ लाख निको भएका छन्। १३ लाख १३ हजारको भने मृत्यु भएको छ। दक्षिण अमेरिकामा भने ४ करोड ७७ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १३ लाख निको भएका छन्। १२ लाख ११ हजारको भने मृत्यु भएको छ।

महासागरमा भने २६ लाखमा कोरो्ना पुष्टि हुँदा २२ लाख ५० हजार निको भएका छन्। ५ हजार ९ सयको भने मृत्यु भएको छ।

अझै पनि विश्वभर ७ करोड २० लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५