विश्वभर कोरोना संक्रमण हुनेको सङ्ख्या ३७ करोडबढी पुग्यो

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
1586437472

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३७ करोड पुगेको छ । गत २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ ।

योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३७ करोड ४३ हजार नाघेको छ । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड ९९ लाख ९१ हजार नाघेको छ। जसमध्ये २९ करोड २२ लाख निको भएका छन्। २४ घण्टामा मात्रै २१ लाख ९२ हजार कोरोना मुक्त भएका छन्।

यसैगरी ९ हजार ६ सय सङ्क्रमितको २४ घण्टाभित्र मृत्यु भएको छ। योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ६६ हजार नाघेको छ।

अहिलेसम्म यूरोपमा मात्रै १२ करोड २२ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड १६ लाख निको भएका छन्। १६ लाखको भने मृत्यु भएको छ।

यस्तै १ करोड ९ लाखमा कोरोना पुष्टि भएको अफ्रिकामा ९७ लाख निको हुँदा २ लाख ३८ हजारले भने ज्यान गु्माएका छन्।

यसैगरी एसियामा ९ करोड ८४ लाखमा सङ्क्रमण पुष्टि हुँदा ९ करोड ८ लाख सङ्क्रमण मुक्त भएका छन्। १२ लाखको भने मृत्यु भएको छ।

उत्तर अमेरिकामा ८ करोड ७९ लाखमा सङ्क्रमण पुष्टि हुँदा ५ करोड ६४ लाख निको भएका छन्। १३ लाख १३ हजारको भने मृत्यु भएको छ। दक्षिण अमेरिकामा भने ४ करोड ७७ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड १३ लाख निको भएका छन्। १२ लाख ११ हजारको भने मृत्यु भएको छ।

महासागरमा भने २६ लाखमा कोरो्ना पुष्टि हुँदा २२ लाख ५० हजार निको भएका छन्। ५ हजार ९ सयको भने मृत्यु भएको छ।

अझै पनि विश्वभर ७ करोड २० लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५