काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ३ वर्ष देखि स्थगित भएको सहायक प्राध्यापक परीक्षा सञ्चालन गर्ने घोषणा गरेको छ ।
त्रिवि सेवा आयोगले बुधबार एक सूचना जारी गर्दै सहायक प्राध्यापक पदका लागि भाद्र ५ गतेबाट परीक्षा सञ्चालन हुने जनाएको छ ।
त्रिवि सेवा आयोगको अनुसार पहिलो चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयको परीक्षा लिइनेछ ।
त्रिवि सेवा आयोगका अनुसार अन्य संस्थान र संकायसँग सम्बन्धित अन्य विषयको परीक्षा तालिका छिट्टै प्रकाशित गरी आयोगको वेवसाइटमा प्रकाशित गरिने छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्