एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल विजयी

  • नेपाल राष्ट्रिय दैनिक
  • July 19, 2024
acc womens asia cup cricket

काठमाडौं – नेपालले एसीसी महिला एसिया कप अन्तर्गत शुक्रबार भएको उद्घाटन खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी भएको छ । यो एसीसी महिला एसिया कपमा नेपालको पहिलो जित हो।

श्रीलंकाको डम्बुलामा भएको खेलमा युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर जित हाँसिल गरेको हो । ओपनर सम्झना खड्काले ४५ बलमा ११ चौका प्रहार गर्दै बलियो ब्याटिङ प्रदर्शन गर्दै अविजित ७२ रन बनाएर टोलीको आशा जगाइन् । पूजा महतो ७ रन बनाएर नटआउट रहिन् ।

नेपालका लागि सिता रानामगरले ७ रन, कविता कुँवरले २ रन र कप्तान इन्दु बर्माले ६ रन जोडिन् । पूर्व कप्तान रुबिना क्षेत्रीले १० रन बनाएर प्याभिलियन फर्किइन् ।

बलिङतर्फ युएईकी कविशा गोडागले ३ र लावन्या केनीले १ विकेट लिए ।

यसअघि नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन र कविसा गोडागले २२ रन जोडिन् ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिए भने कृतिका मरासिनी र सबनम राईले एक एक विकेट लिए ।

समूह ‘ए’ मा रहेको नेपालले जुलाई २१ मा पाकिस्तान र २३ जुलाईमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५