बागमतीका मुख्यमन्त्री जमकट्टेलले ६ गते आइतबार विश्वासको मत लिने

  • नेपाल राष्ट्रिय दैनिक
  • ३ श्रावण २०८१, बिहीबार ०९:४५
shalikram jamakattel

काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आगामी ६ गते आइतबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री जमकट्टेलले मतदानको व्यवस्था गर्न प्रदेश सभा सचिवालयलाई औपचारिक अनुरोध गरेका छन् ।

सत्तारुढ दलका नेताहरुसँगको छलफलपछि ६ गते विश्वासको मत लिने निर्णय भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।

सङ्घीय सरकार परिवर्तनपछि नेकपा एमालेका पाँच मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएपछि प्रदेश सरकारले बहुमत गुमाएको थियो । सभामुख भुवनकुमार पाठकले विश्वासको मतका लागि ६ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाउने घोषणा गरेका छन् ।

माओवादी केन्द्रका नेता जमकट्टेल नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा मुख्यमन्त्री भएका थिए ।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५