धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।
केन्द्रमा काँग्रेस एमालेको नयाँ सरकार बनेलगत्तै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनि अल्पमतमा परेका थिए। संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनले संसद छल्दै आएपछि प्रमुख प्रतिपक्षदलहरुले सुदुरपस्चिममा सरकार हराएको भन्दै केहि दिन अघि मोबाइलको टर्च बालेर दिउँसै सरकारको खोजि भनेर सांकेतिक रुपमा विरोध जनाएका थिए।
सुदुरपस्चिममा सोडारीलाई माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिकाे रञ्जिता पक्षका एक जना गरेर १५ जनाकाे मात्र समर्थन रहेको छ भने कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १/१ गरेर ३७ जना उनको विपक्षमा रहेका छन्।
अल्पमतमा परेका साेडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा सुदूरपश्चिममा बजेट शून्यताको स्थिति छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्