सुदूरपश्चिम प्रदेशमा टर्च बालेर सरकार खोज्दै प्रतिपक्ष

  • नेपाल राष्ट्रिय दैनिक
  • July 29, 2024
sudurpaschim pradesh

कैलाली – सुदूरपश्चिम प्रदेशमा सरकार संसदमा उपस्थित नभएको (साङ्केतिक रुपमा सरकार हराएको ) भन्दै प्रतिपक्ष दलहरूले मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् ।

संसद छल्ने सरकारको विरोधमा धनगढीस्थित प्रदेश सभा भवनको मूल प्रवेश द्वारमा नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्तिका सांसदले टर्च बालेर सरकारको खोजी गरेका हुन्।

‘विपद्को बेला राहत उद्धारमा सरकार देखिएन। जनताको मुद्दा उठान गर्ने थलो संसदमा पनि सरकार भेटिएन,’ त्यसैले दिउँसै टर्च बालेर सरकार खोज्नु पर्ने अवस्था आएको नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले बताएका छन्।

आज २ बजेको लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सरकारको तर्फबाट कुनै पनि मन्त्री उपस्थित नभएपछि आज बैठक नै नबसी स्थगित भएको छ ।

२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकार अल्पमतमा परेको तर,मुख्यमन्त्री सोडारीले अहिलेसम्म पनि विश्वासको मत लिने मिति निर्धारण नगरेको भन्दै मुख्यमन्त्री दीर्घ सोडारीलाई नैतिकताको आधारमा राजीनामा दिन समेत प्रतिपक्षले माग गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५