काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल सकिने लाग्दा वरिष्ठ रथी अशोकराज सिग्देललाई कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा सकिंदैछ । कार्यकाल सकिन एक महिनाअघि विदा बस्ने सैनिक परम्परा रहिआएकोले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्