सर्वोच्च अदालत प्रशासनले माइकसहित मूलगेटमा नाराबाजी नगर्न कानुन व्यवसायीहरूलाई आग्रह गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले नाराबाजी सहित आन्दोलन गरिरहेका छन ।
प्रधानन्यायाधीश जबराकै कारण न्यायालयमा भ्रष्टाचार,विकृति र विसंगति मौलाएको र न्यायपालिका सुधार आवश्यक रहेको भन्दै कानुन व्यवसायीहरू जबराको रजिनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्चमा झण्डै दुई महिना अघीदेखी चलिरहेको यो गतिरोध अन्त्य गर्न सत्ता गठबन्धनले पटक पटक प्रयास गरे पनि सफल हुन भने सकेको छैन ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्